काठमाडौं —। आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले इजरायल आक्रमणमा परी निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
समिति सभापति राजकिशोर यादवले घाइतेहरूको स्वास्थ्योपचार गर्न, बेपत्ता नेपालीहरूको तत्काल खोजी गर्न र अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएका हुन् । उनले घटनाका पीडित एवं पीडित परिवारलाई राहतको व्यवस्था गर्न, स्वदेश फिर्तीको चाहना भएका नेपालीहरूलाई तत्काल फिर्तीका लागि आवश्यक समन्वय र शीघ्र पहलकदमी लिन पनि सरकारलाई निर्देशन दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-