काठमाडौं । हमासको आक्रमणमा परी इजरायलमा १० जनाभन्दा धेरै नेपालीका मृत्यु र्भपछि परराष्ट्रमन्त्री एनपी साउदले हाफ्नो समकक्षी एली कोहेनसँग मंगलबार टेलिफोन संवाद गरेका छन् ।
परराष्ट्रमन्त्री साउदले इजरायली समकक्षी कोहेनसँग हालै इजरायलमा भएको हमासको आक्रमणप्रति दुख व्यक्त गर्दै त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे चासो राखेका थिए ।
उनले हमासको आक्रमणमा परी ज्यान गुमाएका १० नेपालीहरुको शव स्वदेश फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिनसमेत इजरायली विदेशमन्त्री कोहेनसँग आग्रह गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-