काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तलब खुवाउन नसकेको कारणले नै वीर अस्पतालमा कार्यरत करारका कर्मचारीलाई हटाउन परेको बताएका छन् ।
मंमन्त्री बस्नेतले गलबार काठमाडौंमा आयोजित कार्यक्रममा यस्तो प्रष्टीकरण दिएका हुन् ।
‘अर्थ मन्त्रालयको एक अर्ब २३ करोड रुपैयाँ फाजिलमा खर्च भएको छ । प्रधानमन्त्रीज्यूको निर्देशनमा यो बाँड्ने काम भएको हो’ उनले भने, सधैंभरी फाजिलका लागि बाँड्नसक्ने अवस्था भएन । वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीको करार स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनमा थप नगर्ने निर्णय भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-