काठमाडौं । भारतर्फको विद्युत निर्यात १ अर्ब युनिट नाघेको छ।
मंगलबारसम्म (२५ असोजसम्ममा) १ अर्ब ३० लाख युनिट विद्युत निर्यात भएको हो। देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारततर्फ निर्यात गरी यस अवधिमा ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
‘विद्युत निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रा लागि अर्को कोशेढुंगा हो’, उनले भने। निर्यात गरिएको विद्युतको प्रतियुनिट औसत मूल्य ७ रुपैयाँ ९१ पैसा रहेको छ। सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आईएक्समा बिक्री गरिएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-