काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं विश्वविद्यालयमा नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर उद्घाटन गरेका छन् । दक्षिण कोरियाली सरकारको अनुदानमा कोरिया इन्टरनेसनलकोअपरेसन एजेन्सी (कोइका) मार्फत यसको स्थापना भएको हो ।
कार्यक्रममा कोरियाली राजदूत पार्क तेइ योङ, काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. भोला थापालगायत पदाधिकारीको उपस्थिति थियो।
कोइकाले यस भवनमा ग्रामीण र पृथक क्षेत्रका लागि उपयुक्त प्रविधिसहितको व्यावसायिक मोडेल विकास गर्न उच्चस्तरीय वैज्ञानिक उपकरणको व्यवस्था गरेको छ।
कोरिया सरकारले कोइकामार्फत् काठमाडौं विश्वविद्यालयको अनुसन्धान र विकास क्षमता सुदृढीकरणमार्फत् नेपालको एकीकृत ग्रामीण विकास परियोजनाका लागि १ करोड अमेरिकी डलर बराबरको अनुदान सहायता उपलब्ध गराएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-