काठमाडौं । इजरायलमा नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्री साउद आफैं जाने भएका छन् ।
आज बसेको मन्त्रिपरिषद्को बैठकपछि उद्योगमन्त्री रमेश रिजालले नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्री साउद आफैँ इजरायल जाने बताए।
२६५ विद्यार्थीमध्ये १० जनाको निधन भएको र केही सम्पर्कमा नरहेको भन्दै बाँकीलाई २५० सीटको वाइडबडी विमानबाट एकैपटक ल्याउने सरकारको तयारी छ। विद्यार्थीलाई लिन आजै विमान इजरायल जाँदैछ।
प्रतिक्रिया लेख्नुहोस्:-