काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले गरेको राम्रा काम देखेर अरु दलहरु अतालिएको बताएका छन् ।
अध्यक्ष ओलीले बुधबार जनकपुरमा एमाले मधेश प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
यसअघिको एमाले सरकारले मुलुकको विकास र जनताका लागि असाधारण काम गरेको उनले बताए । उनले हुलाकी राजमार्गको काम गरेको र हजारौं पुल निर्माण गरेको दाबी गरे ।
तराईमा सिँचाइको पहुँच पुर्याउन सुनकोशी मरिन डाइभर्सन ल्याएर बारा, रौटहट, धनुषालगायतका १ लाख ८५ हजार बिगाहा जमिनमा सिँचाइको व्यवस्था गरेको र एमाले सरकारमा गएपछि तराईको सिँचाइको समस्या सदाका लागि अन्त्य गर्ने दाबी गरे । एमाले सरकारले नै रेल किनेर सञ्चालनमा ल्याएको उनको भनाइ छ ।
प्रतिक्रिया लेख्नुहोस्:-