काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारले मुलुक बर्बाद हुँदै गएको बताएका छन् ।
पूर्व प्रधानमन्त्री नेपालले बुधबार पार्टीको मेची–काली जागरण अभियानअन्तर्गत बुधबार गुलरियामा आयोजित कोणसभामा बोल्दै मुठ्ठीभरका शोषकले जनतालाई चुसिरहेको बताए । ‘अर्थतन्त्रको संकट समाधान स्पष्ट योजनासहित जागरण अभियानमा लागेका छौं,’ उनले भने, ‘युवाहरु रोजगारका लागि विदेश पलायन हुन बाध्य छन् ।’
घर, जग्गा नभएकालाई सरकारले पुनःस्थापनासँगै किसानको समस्या समाधान गर्न जरुरी रहेको उनले बताए ।
कार्यक्रममा महासचिव घनश्याम भुसालले गरिबीका कारण वर्षमा ८/१० लाख युवा बेरोजगार विदेश जानु परेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-