काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्न चाँडै नै बोल्ड निर्णय गर्ने दावी गरेका छन् । उनले विहीबार नेपाल उद्योग वाणिज्य महासंघले गरेको राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य कार्यक्रममा यस्तो बताएका हुन्।
‘अर्थतन्त्रलाई उकास्न अलिकति बोल्ड डिसिजन लिनेतिर अगाडि नबढ्ने हो भने झनै अप्ठेरो परिस्थितितिर जान सक्ने खतरा छ। यसका आन्तरिक, राष्ट्रिय–अन्तर्राष्ट्रिय आयाम पनि छन्। तर, निर्णायक हामी आफैं हो। नेपाललाई कता र कसरी लैजाने भन्ने कुरामा नेपालको राजनीतिक दलहरूले, अर्थशास्त्री र व्यवसायीले महत्त्वपूर्ण भूमिका खेल्नुपछ,’ उनले भने। उनले नेपालको हालत पनि श्रीलंकाजस्तो हुन्छ भन्ने भ्रम फैलाएको बताए।
प्रतिक्रिया लेख्नुहोस्:-