काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गुन्जी भ्रमणबारे आफ्नो ध्यानाकर्षण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले यस विषयमा जानकारी लिने क्रममा रहेको बताएकी छिन्। दार्चुलाको सीमावर्ती क्षेत्र गुन्जीमा मोदीले भ्रमण गरेको विषय सांसदहरूले संसदमा समेत उठाएका थिए।
एउटा देशको प्रधानमन्त्री अर्को देशमा जाँदा प्रोटोकल पूरा गर्नुपर्ने उल्लेख गर्दै उनले भनिन्, ‘भारतीय प्रधानमन्त्रीको गुन्जी भ्रमणबारे हाम्रो ध्यानाकर्षण भएको छ। के हो भनेर हामी जानकारी लिने क्रममा छौँ। एउटा देशको प्रधानमन्त्री अर्को देशमा जाँदाको प्रोटोकल जे हो, त्यो पूरा गर्नुपर्छ। थप बुझ्दै छौँ।’
प्रतिक्रिया लेख्नुहोस्:-