काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।
उनीहरुबीच विहीबार भएको भेटवार्तामा नेपाल– भारतको आपसी सम्बन्ध र सहयोग आदान प्रदानबारे छलफल भएको बताइएको छ । गृहमन्त्रीको सचिवालयका अनुसार राजदूत श्रीवास्तवले आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गर्न नेपाल सरकार र गृहमन्त्रीलाई शुभकामना दिएका थिए ।
गृहमन्त्री खाँणले सरकार निष्पक्ष, भयरहित र स्वतन्त्रतापूर्वक शान्तिपूर्ण तरिकाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्न लागिरहेको बताएका थिए । नेपाल र भारतबीच सदियौँदेखि नागरिकस्तरमा सम्बन्ध रहेकाले त्यो सम्बन्ध अझ दिगो हुने विश्वास गृहमन्त्रीले व्यक्त गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-