काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ। पछिल्लो तीन महिनामा उक्त कम्पनीका दुईवटा हेलिकप्टर दुर्घटना भएपछि प्राधिकरणले उसलाई निलम्बन गरेको हो ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनाङ एयरले उडान सुरक्षामा ध्यान नदिएकाले तीन महिनाका लागि उसको एओसी निलम्बन गरिएको हो।
‘मनाङ एयरको सेवा सञ्चालन प्रमाणपत्र निलम्बन भइसक्यो, तीन महिनामा दुईवटा हेलिकप्टर दुर्घटना भएका छन् अब उक्त कम्पनीसँग हेलिकप्टर पनि छैनन्’, प्रवक्ता भुलले भने, ‘प्राधिकरणले मनाङ एयरको वस्तुस्थितिका समीक्षा गरेपछि कम्पनी खारेज गर्ने वा निलम्बन फुकुवा गर्ने भन्ने निर्णय हुनेछ।’
प्रतिक्रिया लेख्नुहोस्:-