काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोसीलाई मध्यावधिबाट जोगाउन कांग्रेस सांसदलाई समर्थन गरेको प्रष्टीकरण दिएका छन् । पूर्व प्रधानमन्त्री ओलीले आइतबार प्युठानमा आयोजित कार्यक्रममा मध्यावधिमा जाँदा खर्च हुने बताए ।
“कोसी प्रदेशमा मध्यावधिमा जाने अवस्था सिर्जना हुन लाग्यो । हामी तयार छौँ । तर, मध्यावधि भयो भने ठूलो खर्च हुन्छ,” उनले भने, “मध्यावधिबाट जोगाउनका लागि हामीले जोसुकैलाई समर्थन गर्यौँ । कांग्रेसका विद्रोही साथीलाई साथ सहयोग दियौँ ।”
प्रतिक्रिया लेख्नुहोस्:-