काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको आइतबार बिहान किस्ट अस्पताल ललितपुरमा उपचारको क्रममा जोशीको निधन भएको हो ।
जोशीले यसअघि नै आफ्नो शरीर जनलाई अध्ययनका लागि राख्न भनेकाले उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर किस्ट मेडिकल कलेजमै राखिने डाक्टर किशोर सिंह बस्नेतले बताए । जोशीको परिवार, किस्ट अस्पताल र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको छलफलपछि उनको शरीर नजलाउने, अध्ययन अनुसन्धानका लागि दान दिने निर्णय भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट पीडाबोध भएको बताएकी छन् । जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-