काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कृष्णप्रसाद सिटौलाले संसदले देशको पक्षमा नीति निर्माण गर्नसक्छ भन्ने सन्देश दिन सक्नुपर्ने बताएका छन् ।
उनले सोमबार नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेश समितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले सांसदहरुले जनताको हितमा कानून र नीति निर्माण गर्न नसके जनतामा निराशा छाउने जिकिर गरे । सिटौलाले देशको नीति निर्माण गर्ने ठाँउमा बसेकालाई झकझकाउने काम प्रेस जगतको भएको धारणा राखे । त्यस्तै कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले मुलुकमा निराशाको उत्तम संवाहक कांग्रेस भएको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-