काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपालीलाई नेपालमा नै लगानी गर्न आग्रह गरेका छन्।
उनले आज ११औं गैरआवासीय नेपाली विश्वसम्मेलनको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा मन्तव्य दिँदै यस्तो आग्रह गरेका हुन् ।
‘नेपालको आन्तरिक क्षमतामा वृद्धि गरी तीव्र आर्थिक विकास गर्न सके मात्र विदेशमा बस्ने नेपालीहरूको शिर पनि उँचो हुनेछ,’ उनले भने, ‘नेपाल समृद्ध नहुँदासम्म नेपालीहरूको प्रतिष्ठा बढ्न सक्तैन।’
प्रतिक्रिया लेख्नुहोस्:-