काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो र डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका छन्।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औँ बैठकको समापन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
उनले विपद्पछिको क्षतिको विस्तृत मूल्याङ्न छिट्टै गरी पुनः निर्माणमा अपुग हुने रकम जुटाउन दातृ निकाय वा विदेशी सरकारको सहभागितामा सम्मेलन गर्न पनि निर्देश गरेको उनको सचिवालयले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-