काठमाडौं । आगामी कात्तिक ८ गतेदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजना एक हप्ता बन्द हुने भएको छ । आयोजनामा जडान भएका उपकरणहरूको प्राविधिक परीक्षण गर्न परियोजनाबाट बन्द गर्न लागिएको हो ।
दिपावलीको अवसरमा कूल चार सय ५६ मेगावाट क्षमताको आयोजना बन्द गरिँदासमेत कुनै समस्या नहुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आयोजनाको नियमित परीक्षणका लागि बिजुली उत्पादन बन्द गर्न लागिएको हो । आयोजनाले यही कात्तिक ७ गते रातिदेखि जलाशयको पानी घटाउने भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-