डा. तारा सिग्देल
नेपालको अत्यन्त ख्यातिप्राप्त बरिष्ठ हास्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य समता स्कुलको सहयोगार्थ ग्लोबल समता सिनेटले आगामी नोभेम्बर १९ शनिवार एक बृहत् सांगीतिक तथा सुशोभन कार्यक्रममा सहभागी हुन सान फ्रान्सिस्को आउँदै हुनुहुन्छ। उहाँहरुको साथमा समता स्कुलका संस्थापक उत्तम संन्जेल र गायक रामकृष्ण ढकाल पनि कार्यक्रममा उपस्थित हुनुहुने छ।
समता ग्लोबल सिनेट गुणस्तरीय शिक्षालाई सर्वसुलभ बनाई राष्ट्रनिर्माणमा टेवा पुऱ्याउनका लागी अमेरिकामा स्थापित गैह्रनाफामूलक संस्था हो। यो संस्थाले नेपालको समता स्कूलमार्फत विपन्न परिवारका बालबालिकाहरुको शिक्षामा योगदान गर्दैआएको छ। नेपालमा हास्य–व्यंङ्ग्य र समाजसेवा मार्फत लोकप्रियताको शिखरमा रहनुभएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य यस संस्थाका संरक्षक हुनुहुन्छ।
नोभेम्बर १९ मा, सान फ्रान्सिस्को बे एरियामा हुने उक्त कार्यक्रमRichmond Memorial Auditorium (403 Civic Center Plaza, CA 94804) मा हुने छ। कार्यक्रममा मह जोडीले ले ग्लोबल समता सिनेटर हरुलाई सम्मान गर्ने साथै उहाँहरुको हास्यव्यंगात्मक प्रस्तुति प्रस्तुत गर्नु हुनेछ। यसको अलावा लोकप्रिय गायक रामकृष्ण ढकालले आफ्नो सांगीतिक प्रस्तुत गर्नु हुनेछ । कार्यक्रममा स्थानीय कलाकार तथा संस्कृतिक समूहहरुले गीत, सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत गर्नेछन्। समता ग्लोबल सिनेटको बेभसाइटबाट अनलाईन टिकट उपलब्ध छन। स्थानीय रुपमा पनि टिकट उपलब्ध गराइने कुरा सिनेटले जनाएको छ।
समता स्कुलले विगत २२ बर्षदेखि नेपालभरि विभिन्न जिल्लामा गरिव तथा जेहेन्दार बालबालिकाहरुलाई स्तरिय शिक्षा दिदै आएको छ। यस विद्यालयको सहयोग एवं विद्यालयको चौतर्फी विकासको लागी नेपाल र नेपाल बाहिर रहेका शिक्षाप्रेमीहरुलाई सिनेटले सदस्य बन्न आव्हान गरेको छ।
समता सिनेटर भनेको के हो ?
समता सिनेटर एक जीवनपर्यन्त उपाधि हो । कुनै पनि सामाजिक व्यक्तिले गरेको कार्यमा समभावको प्रतिबद्धता प्रमाणित भएपछि समता ग्लोबल सिनेटले यस्तो उपाधी बर्षमा एक पटक प्रदान गर्छ। यो सिनेटरको उपाधी प्राप्त गर्न अमेरिकी १,००० डलर शुल्क सहीत सिनेटको वेभसाइटमा रहेको अनलाईन निवेदन दिनुपर्नेछ।
समभावना प्रतिको प्रतिबद्धता (Commitment to Equity) प्रमाणित भएका सिनेटरलाई बृहत शुशोभन समारोहका बीच औपचारिक रुपमा समता सिनेटरको उपाधी प्रदान गरिनेछ। सिनेटको उपाधी प्रदान गर्ने स्वतंत्र शिक्षाप्रेमीहरुको समिति हुनेछ। समितिका सदस्यहरुको नाम सिनेटले गोप्य राखिने जनाएको छ। पिन, प्रमाणपत्र, महजोडीको हातबाट विशेष सुशोभन समारोहका बीच प्राप्त हुनेछ।
यो समता सिनेटरको उपाधी कुनैपनि व्यक्तिले प्राप्त गरेपछि जीवनपर्यन्त उहॉंको नामसंगै जोडिनेछ। जस्तैः समता सिनेटर ललिता गौली, समता सिनेटर श्वेता खरेल, समता सिनेटर अनिता खड्का, समता सिनेटर कुमार सिंह डाङ्गी, समता सिनेटर गोपेन्द्र भट्टराई, समता सिनेटर बेद खरेल, समता सिनेटर चरण बजगाईं, समता सिनेटर श्याम कडरिया, समता सिनेटर एलिजाबेथ ढकाल, समता सिनेटर राजु तमाङ, समता सिनेटर राजेन्द्र वाग्ले, समता सिनेटर ई. प्रबिण भण्डारी, समता सिनेटर ललित कुमार न्यौपाने, समता सिनेटर तुल्सी सुवेदी, समता सिनेटर शंकर भण्डारी, समता सिनेटर एडम डाँगी, समता सिनेटर आन्ड्रे डाँगी, समता सिनेटर डा. गोपी उप्रेति, समता सिनेटर इशान्त चौहान, समता सिनेटर डा. विष्णु फुयाल, समता सिनेटर हरिहर दहाल, समता सिनेटर समृद्धि डॉंगी, समता सिनेटर डा। तारा सिग्देल, समता सिनेटर पुरुषोत्तम पन्थी, समता सिनेटर जितेन्द्र राना, समता सिनेटर जुलिया बराइली ।
समता स्कूलका सार्वजनिक कार्यक्रमहरुमा समता सिनेटरहरुले अग्र स्थान पाउनेछन। हरेक समता सिनेटरले समता स्कूलका गतिविधिहरुको अपडेट “समता सूचक” सार्वजनिक हुनुभन्दा पहिला प्राप्त गर्नेछन। समता स्कूलको बिकास र उन्न्यन का लागी दिशानिर्देशमा महत्वपूर्ण निर्णयहरु लिनुपर्ने भएमा सर्वप्रथम समता सिनेटको राय९सुझाव लिइनेछ। यस्तो राय–सुझावहरु बिद्युतीय माध्यमबाट संकलन गर्न सकिनेछ। सुझावहरुको समग्रताको आधारमा विद्यालयले अन्तीम निर्णय लिनेछ।
समता सिनेटर किन बन्ने ?
स्तरिय शिक्षाको माध्यमबाट सभ्य र संस्कारयुक्त शिक्षाको जग बसाल्न, शिक्षाको सबलीकरण मार्फ़त बालबालिकाको भविष्य निर्माण गर्न,
उन्नतशील भविष्यका कर्णधार तयार गर्न
राष्ट्रनिर्माणका हरेक पक्षमा पुरा पुरा टेवा दिन
शिक्षा र संस्कृतिको विकास गरि इतिहासमा नाम लेखाउन मातृऋण तिर्न । “हामी आकासबाट झरेका होइनौं“ मातृऋण तिर्न आव्हान गर्दै सिनेटका अध्यक्ष प्रा. डा. उत्तम गौली भन्नुहुन्छ– “हाम्रो जन्मभूमिप्रति हाम्रो मातृऋण छ, सिनेटमा जोडिएर बालबालिकाको पढाईमा योगदान गर्दै देश बनाउन मदत गर्नु हाम्रो परम कर्तव्य हो।”
प्रा.डा. गौलीका अनुसार विदेशमा रहेका नेपालीहरुले समता सिनेटर बनेर सहयोग गर्न सकिन्छ समता सिनेटरमा हुनु भनेको मातृभूमि, समाजसेवा र शिक्षाप्रतिको समर्पणभावको प्रतिवद्धता हो। समता सिनेटरको उपाधी प्राप्त गर्नका लागी विस्तृत प्रकृया पूरा गर्नुपर्छ। समता ग्लोबल सिनेटको वेभसाइटमा रहेको अनलाईन फाराम भरे र स९शुल्क निवेदन दर्ता गरेपछि उक्त प्रकृया शुरु हुन्छ।
समता सिनेटर कसरी बन्ने ?
समता ग्लोबल सिनेट को वेबसाइट (https://samataglobalsenate.org/ मा गएर अनलाईन फाराम भरेपछि प्रकृया शुरु हुन्छ। सन २०२२ भरीको लागि सिनेटर निवेदन शुल्क एक हज़ार अमेरिकी डलर राखिएको छ। सन २०२३ देखि उक्त शुल्क बढेर पॉंच हज़ार डलर हुनसक्ने संभावना छ । नेपाली रु. १०० प्रति महिना शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरेर समता स्कूलले राष्ट्रलाई ठूलो गुन लगाएको छ। समता ग्लोबल सिनेट को वेबसाइटमा जुनसुकै बेला अनलाईन डोनेशन गर्न सकिनेछ। आफ्नो जन्मदिन, बैवाहिक वर्षगाँठ, लगायतका विशेष दिनमा चन्दा दान गर्न चाहनेले सिनेटको वेभसाइटबाट सीधै अनलाईन डोनेट गर्न सकिने जनाइएको छ। यदि कसैले कुनै विद्यालय नै एडोप्ट गर्न चाहनुभएमा वा अन्य विशेष प्रकारले सहयोग गर्ने चाहना भएमा समता ग्लोबल सिनेटको इमेल [email protected] मा जानकारी गराउन अनुरोध गरिएको छ।
आर्थिक अभावका कारण सहयोग गर्न नसक्नेले के गर्ने ?
हाल आर्थिक अभावका कारण सहयोग गर्न नसक्नेले पनि धेरै समताको अभियानमा जोडिन सकिने छ। समता ग्लोबल सिनेट को फ़ेसबुक पेज लाइक गरेर सहयोग गर्न सकिन्छ, सांस्कृतिक कार्यक्रममा सहभागी भएर पनि सहयोग गर्न सकिन्छ। यसको साथसाथै समता ग्लोबल सिनेट को वेभसाइट मा गएर जति सुकै सानो रकम पनि सहयोग गर्न सकिनेछ। https://www.facebook.com/SamataGlobalSenate/
प्रतिक्रिया लेख्नुहोस्:-