काठमाडौँ, ७ कात्तिक । नेपाल र कतारका पदाधिकारीले फुटबल बिकास सम्वन्धी पाँच बर्षे सम्झाैता पत्रमा बुधवार हस्ताक्षर गरेका छन् । दाेहा स्थित कतार फुटबल संघकाे मुख्यालयमा अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघका अध्यक्ष हमाद बिन खालिफा बिन अहमेद अलतानीले सम्झाैतामा हस्ताक्षर गरे ।
सम्झाैताले दुई देशकाे खेल विकास गर्न र नयाँ स्तरमा द्विपक्षीय सम्बन्ध राख्रन मद्दत गर्ने विश्वास लिइएकाे छ । सम्झौतानुसार दुई राष्ट्रबीचको विभिन्न विषयका लागि व्यवस्थापन टोली, प्राविधिक टोली, प्रशिक्षक, रेफ्री र खेलाडीको आदानप्रदान हुनेछ । त्यसैगरी फुटबलको अध्ययन, अनुसन्धान, महिला फुटबल, युवा फुटबल, फुटसललगायत १७ कार्यमा दुई मुलुकबीच सहकार्य हुने सम्झौतामा उल्लेख छ ।
कतार सन् २०२२ को विश्वकप आयोजक राष्ट्रसमेत हो । हाल कतारले विश्वकपका लागि फुटबल मैदान धमाधाम निर्माण गरिरहेको छ । कतारले लामाे समय देखि नेपाली फुटबललाइ सहयाेग गर्दै अाएकाे छ । यसअघि एन्फाले जापान फुटबल एशोसिएशन (जेएफए)सँग सहकार्य गर्न सम्झौता गरिसकेको छ ।
राससकाे सहयाेगमा
तस्वीरहरू साैजन्य एन्फा
प्रतिक्रिया लेख्नुहोस्:-