काठमाडौं । कन्जरभेटिभ पार्टीका भारतीय मूलका सांसद ऋषि सुनाक बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन् । उनका प्रतिस्पर्धी पेनी मोर्डन्ट प्रधानमन्त्री बन्ने दौडबाट पछि हटेसँगै सुनाक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।
नयाँ प्रधानमन्त्रीले चाँडै सांसद्हरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको कन्जरभेटिभ पार्टीको १९२२ समितिका अध्यक्ष सर ग्राहम ब्रेडीले पुष्टि गरेको बीबीसीले जनाएको छ ।
अन्तिम समयमा पेनी मोर्डन्टले प्रधानमन्त्री बन्ने प्रतिस्पर्धाबाट आफू पछि हटेको घोषणा गरेकी हुन् । यससँगै प्रधानमन्त्री बन्ने दौडमा सुनाक एक मात्रै प्रत्याशी बाँकी रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-