काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले ‘नो नट अगेन अभियान’ को पक्षमा अभिव्यक्ति दिएका छन् । उनले विहीबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय राजनीतिको मूलप्रवाहबाट किनारा लगाउने चाहना प्रकट गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएको बताएका छन् ।
उनले निर्वाचन आयोगले निकालेको विज्ञप्तिको विरोध पनि गरेका छन् ।
‘सो अभियानलाई पूर्णतः निषेध गर्ने कुत्सित उद्देश्य पूरा गर्नका लागि सम्बन्धित सामाजिक सञ्जाल प्रयोग कर्ताहरूलाई फौजदारी कानुनको दुरुपयोग गरी कडा सजाय गर्ने गराउने स्पष्ट मनसाय प्रकट गरी निर्वाचन आयोगले यही कात्तिक ८ गते जारी गरेको विज्ञप्तिप्रति हामी गम्भीर खेद प्रकट गर्न चाहन्छौँ,’ उनले भनेका छन्, ‘वर्तमान राष्ट्रिय राजनीतिलाई वर्षौंदेखि कब्जा गरी बसेको भ्रष्ट सिन्डिकेटको निरन्तरताका लागि निर्वाचन आयोगका पदाधिकारीहरूले पदीय दुरुपयोग गरी गुलामी गरेको स्पष्ट हुन्छ ।’
प्रतिक्रिया लेख्नुहोस्:-