काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भोलि अपराह्न ४ बजे संसदको दुबै सदनलाई सम्बोधन गर्ने भएका छन् ।
संघीय संसद्का महासचिव डा. भरतराज गौतमले आज जारी गरेको सूचना अनुसार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शमा यस्तो निर्णय गरेको हो ।
महासचिव गुटरेस चार दिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आएका हुन् । उनी बुधबार फर्कदैछन् । उनले नेपालको शान्ति प्रक्रियाको बारेमा समेत गहिरो चासो ब्यक्त गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-