काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनामा नेपालको शान्ति प्रक्रियाबाट विश्वले पाठ सिक्नुपर्ने बताएका छन् ।
नेपाल भैमणमा रहेको उनले सोमबार ललितपुरको पुल्चोकस्थित राष्ट्रसङ्घ भवनमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । सम्बोधनका क्रममा उनले भने, ‘नेपालले शान्ति स्थापनामा गरेको मौलिक अभ्यास, सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्ष दिन चालेका कदम र शान्ति स्थापनार्थ खटाइएका शान्ति सेनाका सफल उदाहरणबाट विश्वले पाठ सिक्नुपर्छ ।’
आफ्नो नेपाल भ्रमण मुख्य रुपमा शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा लाने, जलवायु परिवर्तनका प्रतिकूल असरबाट प्रभावित समुदायलाई पुनःस्थापित गर्न र नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील मुलुकका स्तरोन्नति गर्ने प्रक्रियाका विषय प्राथमिकतामा रहेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-