काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । आज नेप्से १४.२९ अंकले घटेको हो ।आज ५७ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सर्वाधिक सेयर मूल्य घट्नेमा सोनापुर मिनरल्स एन्ड आयाल लिमिटेड छ । यो कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले घटेर प्रतिकित्ता २५५ रूरुपैयाँ २० पैसा कायम भएको छ ।
सर्वाधिक सेयर मूल्यवृद्धि महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । यो कम्पनीको सेयर मूल्य ६.०५ प्रतिशतले बढेर प्रतिकित्ता ७७१ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-