काठमाडौं । नेपालको चार दिने भ्रमण सकेर संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज प्रस्थान गरेका छन् ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाई गरेका छन् । । सो अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणका लागि यही कात्तिक १२ गते नेपाल आएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-