काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो ३२ ओटै वडाहरुमा महिला सञ्जाल गठन गर्ने निर्णय गरेको छ ।
उपमेयर सुनिता डंगोलले बुधबार काठमाडौंमा आयोजित ‘काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धि छलफल’मा बोल्दै यस्तो जानकारी दिएकी हुन् ।
उनले भनिन्, ‘महिला सञ्जाल वडावडामा गठन गर्नुपर्छ भन्ने अभियान अघि बढाएका छौं । न्यायिक समिति र महिला सञ्जालको मुख्य उद्देश्य भनेको मेलमिलाप नै हो । कुनै पनि द्वन्द्वको निरुपण गर्ने विधि भनेको मेलमिलाप नै हो । मेलमिलाप गराउनका लागि वडावडामा मेलमिलाप केन्द्र पनि स्थापना गरिएको छ । महिला सञ्जालमा पुरुष र महिलामा कुनै पनि किसिमको विभेद नगरी न्याय निरपण गरिन्छ । अव वडा वडामा एक हप्ता भित्र महिला सञ्जाल गठन गरिसक्न हुन म आग्रह गर्दछु ।’
प्रतिक्रिया लेख्नुहोस्:-