काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकालले राष्ट्रपतिबाट पाएको कैद मिनाहालाई बदर गर्दै उनलाई पक्राउ गर्न परमादेश जारी गरेको छ ।
विहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले यस्तो फैसला गरेको हो ।
नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलले संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका थिए ।
त्यसविरुद्ध चेतनकी श्रीमती भारती शेर्पाले दायर गरेका रिटमा सर्वोच्चले सरकारको निर्णय बदर गरिदिएको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-