काठमाडौँ । दशैं तिहार र छट पर्व सकेर राजधानी फर्कने यात्रुको चापसँगै दुर्घटना र मृत्युका खवर आउने गर्छन् । दोलखाको मागे देउरालीबाट काठमाडौँ आउदै गरेको बस आइतबार दुर्घटनामा परि सुकुटे स्थित सुनकोसी नदीमा खस्दा १६ जनाको मृत्यु भएको छ । उद्धारमा रहेका सुरक्षाकर्मीलाई उद्धृत गर्दै नेपाली सञ्चारमाध्यमहरूले कोसीको पानीबाट अझै केहीलाई बाहिर निकाल्ने प्रयास जारी रहेको जनाएका छन् ।
कतिपय घाइतेको अवस्था गम्भिर रहेका कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । बा २ ख ७२४५ नम्बरको बस काठमाडौँ आँउदै गर्दा सिन्धुपाल्चोक सुकुटे स्थित सुनकोशी नदीमा खस्नुको कारणका अहिलेसम्म यकिन भएको छैन । यति धेरै मानिसको ज्यान जाने गरि भएको दुर्घटनाका संवन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
तस्बिर: सामाजिक सन्जाल
प्रतिक्रिया लेख्नुहोस्:-