काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत रिचार्ड थम्पसनले भेटेघाट गरेका छन्।
नवनियुक्त राजूत थम्पसनले सरकार र राजनीतिक दलका उच्च नेताहरुसँग परिचयात्मक भेट गर्ने क्रममा बिहीबार बालकोट पुगेका हुन्।
उक्त भेटका क्रममा ओलीसँग आफूले अमेरिका र नेपालले सामना गर्न सक्ने साझा चुनौतीहरुबारेमा छलफल गरेको जानकारी दिएका छन्। उक्त भेटका क्रममा ७५ वर्षदेखिको दुई मुलुकबीचको साझेदारी महत्वपूर्ण रहेको भन्दै यसलाई अझै निरन्तरता दिनेबारे पनि चर्चा भएको उल्लेख गरेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-