काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले माथिल्लो अरुण आयोजना निर्माण गर्न स्रोतको कुनै समस्या रहेको दावी गरेका छन् । उनले शुक्रबार संखुवासभामा निर्माण हुन लागेको एक हजार ६१ मेगावाटको माथिल्लो अरुण आयोजनाको स्थलगत अनुगमन गर्दै यस्तो बताएका हुन् ।
उर्जामन्त्री शक्ति बस्नेतले माथिल्लो अरुण सबैका लागि गौरवको आयोजना भएको बताए । अबको १२ वर्षमा नेपालका विभिन्न स्थानबाट २५ हजार मेगावाट बिजुली निकाल्ने तयारीमा सरकार रहेको उनले बताए । यो आयोजना विकास र समृद्धिका लागि मूलस्रोत भएको भन्दै जलस्रोतलाई मुलुकको समृद्धिका लागि प्रयोग गर्ने उपयुक्त समय आएको पनि बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-