काठमाडौं । नेकपा (एमाले) अध्यक्ष था निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनको सरकारलाई कठपुतलीको संज्ञा दिएका छन्। अध्यक्ष ओलीले शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘यस क्षेत्रमा मुक्त हलियाका समस्या छन्, कमैयाका समस्या छन्, ती समस्या समाधान गर्न यो सरकार बनेको हैन। यो मिलीजुली बाँडेर खानलाई बनाएको हो’, उनले भने, ‘टालाटुली बाटुली कठपुलती, यसले जनताका लागि केही पनि काम गर्दैन।’
एमाले अध्यक्ष ओलीले सत्तारुढ काँग्रेसलाई आफूले गरेको कुनै पनि काम देखाउन चुनौती दिएका छन्।
‘काँग्रेसले कुनै काम गरेको छ भने देखाओस्, यो काम गरेको छु भनेर देखाओस्’, उनले भने, ‘सरकारको नेतृत्वका लागि के गर्ने, सहभागिताका लागि के गर्ने भनेर हुँदैन, जनताका लागि पनि केही न केही गर्नुपर्छ।’
प्रतिक्रिया लेख्नुहोस्:-