काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस पार्टी आन्तरिक झगडामा रुमल्लिनु दुःखद भएको बताएका छन ।
संस्थापनइतर समूहका नेता कोइरालाले शनिबार नेपाली कांग्रेस धादिङको प्रथम जिल्ला सम्मेलनलाई धादिङबेसीमा सम्बोधन गर्दै अब हुने कुनै पनि निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने प्रतिबद्धता व्यक्त गरे ।
‘राष्ट्रिय राजनीतिको मियो बन्न सरकारको नेतृत्व नै गर्नपर्छ भन्ने छैन’ कोइरालाले भने ‘विपी कोइराला जेलमा हुनुहुन्थ्यो पार्टी प्रतिबन्धित थियो तर त्यतीबेला पनि नेपाली कांग्रेस राजनीतिको मियो थियो । मेरो लक्ष्य कांग्रेसलाई फेरि त्यस्तै पार्टी बनाउने हो ।’
अन्तर्राष्ट्रिय स्तरमै कांग्रेसको छवि गिर्दै जानु राम्रो संकेत नभएको भन्दै उनले अब केवल गुटबन्दी र आत्मरतिमा रमाएर बस्न नहुने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-