काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सीमानामा गएर भाषण गरेर मात्रै नेपाली भूमि फिर्ता नआउने बताएका छन्। उनले शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिका–२ भद्रपुरमा आयोजित संयुक्त लोकतान्त्रिक वाम गठवन्धनको चुनावी सभालाई सम्बोधन गर्दै कूटनीतिक सम्बन्ध र वार्ताबाट मिचिएको फिर्ता ल्याउन सम्भव रहेको बताए।
ुभाषणले भूमि फिर्ता हुँदैन, त्यसका लागि कूटनीतिक पहल आवश्यक हुन्छ त्यो हामीले गरिरहेका छौुं, प्रधानमन्त्री देउवाले भने।
एमाले अध्यक्ष ओलीले दार्चुलामा आयोजित चुनावी सभामा लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने कुराका बारेमा बोलेका थिए।
प्रधानमन्त्री देउवा चुनावी प्रचारका लागि बिहीबारदेखि नै डडेलधुरामा रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-