काठमाडौं । विगत केही महिनादेखि ओरालो लागेको शेयर बजार साताको पहिलो कारोबार दिन आइतबार पनि उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक २१.४६ अंकले घटेको छ । आज जम्मा ९७ करोड २३ लाख रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
आज सर्वाधिक सेयर मूल्य वृद्धि एनआईसी एसिया बैंकको भएको छ । यो कम्पनीको सेयर मूल्य ६।९७ प्रतिशतले बढेर प्रतिकित्ता ६१४ रूपैयाँ कायम भएको छ ।
सर्वाधिक सेयर मूल्य घट्नेमा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ५६७ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-