काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से ४३.२० अंकले बढेको छ भने कारोबार रकममा पनि बृद्धि भएको छ ।
आइतबार २२८ धितोपत्रका ३९ लाख १३ हजार ५७३ कित्ता सेयर एक अर्ब ५४ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ । पछिल्लो समय विभिन्न कम्पनीहरूले लाभांश घोषणा गर्न थालेका छन् । त्यसले गर्दा पनि राम्रो प्रतिफल दिन सक्ने कम्पनीको सेयर मूल्य बढ्दा दैनिकजसो कारोबार रकमसँगै नेप्से परिसूचक पनि बढिरहेको छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स पनि बिहीबारको तुलनामा २.१३ प्रतिशतले वृद्धि भएर ३८७.५२ विन्दु कायम भएको छ । कतिपय कम्पनीको सेयर मूल्य पनि बढ्न थालेको छ ।
आइतबार लघुवित्त समूहका अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । गएको शनिबार करिब ७७ प्रतिशत लाभांश घोषणा गरेको जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य यस दिन १० प्रतिशतले वृद्धि भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-