डेविस, क्यालिफोर्निया
नोभेम्वर ४
सामाजिक सेवामा सकृय चन्द्र एण्ड सूर्य फाउण्डेशनले गत शनिवार नि:शुल्क ट्याक्स वर्कशप कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो वार्षिक ट्याक्स विवरण आफै भर्न सिकाउने उदेश्यले संचालन गरिएको सो कार्यशालमा एसस्क्वाएर ईंकका कार्यकारी निर्देशक सन्तोष साहले डब्लुटु मा भएको आफ्नो आम्दानी विवरणलाई ट्याक्स फरम्याटमा इन्ट्री गर्ने विधि, त्यसको विवरण लगायतका विषयमा सहभागीहरुलाई बिस्तृत रुपमा जानकारी गराएका थिए । उनले ट्याक्स् फाइलिंगको महत्व र यसको फाइदाको विषयका पनि सहभागीहरुलाई जानकारी गराएका थिए ।
‘ट्याक्स् एकदम महत्वपूर्ण र आवश्यक विषय भएकाले इच्छुकहरुलाई जानकारी दिने उदेश्यले हामीले निशुल्क रुपमा कार्यशाला राखेका हौ, साहले-भने यसवाट सहभागीहरुले लाभ लिएर आफ्नो ट्याक्स् विवरण आफैं भर्न सक्नुहुनेछ’ ।
चन्द्र सूर्य फाउण्डेशनले विगत केही बर्षहरुमा फूलटाइम विद्यार्थी र सिनियर नेपाली नागरिकहरुको नि:शुल्क ट्याक्स् विवरण भर्दै आएको छ । सन् २०२२ मा मात्रै झण्डै ४ सयको हाराहारीमा विद्यार्थी तथा सिनियर नागरिकहरुले निशुल्क सेवा पाएका थिए । यसपटक ट्याक्स् विवरण भर्न नि:शुल्क कार्यशालाको पनि आयोजना गरिएको साहले बताए ।
साह बे एरिया तथा ग्रेटर स्याक्रामेण्टो एरियाको सामाजिक कार्यमा पनि उत्तिकै सकृय रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-