काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी १४ देखि १८ माघसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ।
आज बिहान बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाडौंमा सम्पन्न पार्टीको छैटौँ पूर्ण बैठकबाट एकीकृत समाजवादीले महाधिवेशनको मिति तोकेको थियो।
२००७ सालमा गठन भएको नेपाल कम्युनिस्ट पार्टीको वर्तमान रूप भएको जनाएको एकीकृत समाजवादीले एमालेसँग नवौँ महाधिवेशनपछि २०७८ सालमा अलग भएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-