काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आग्रह गरेका छन् ।
मन्त्री महतले सोमबार एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सुरु भएको ३७औं क्यासी सम्मेलनलाई सम्बोधन गर्ने क्रममा यस्तो आग्रह गरेका हुन् ।
नेपालमा व्यावसायिक अवसर धेरै भएको भन्दै विदेशी लगानीकर्ताले प्रतिफल प्राप्त गर्न सक्ने उनले बताए । यो प्रक्रियामा निजी क्षेत्रका छाता संगठनले समेत सहयोग गर्ने भएकाले ढुक्कले लगानी गर्न दुई दर्जन बढी देशका व्यवसायीलाई अर्थमन्त्रीले आग्रह गरेका हुन् ।
‘नेपालमा गरिएको लगानीको भविष्य उज्ज्वल रहेको छ जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस्,’ उनले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-