काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानको मूल मर्मविपरीत काम गर्ने राजनीतिक दललाई नेपाली जनताले मत नदिने बताएका छन् ।
नेता सिटौलाले सोमबार झापाको भद्रपुरमा उनले भने, ‘जनताको मतले जितेर संसद्मा पुग्ने, र त्यही संसद्लाई भत्काउन खोज्नेलाई जनताले भोट दिन्छ र ?’
झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका उनले यस पटकको निर्वाचनमा संविधानको मर्म र भावना बुझ्नेलाई जनताले मतदान गर्ने बताए ।
राजावादी विचार भएका उम्मेदवारलाई जनताले नस्वीकार्ने बताउँदै सिटौलाले भने, ‘देशबाट यो सामन्ती राजतन्त्र ढलेर गइसक्यो, अब फेरि कहाँबाट बिउँझन छ त, कसैले कल्पना गर्न नसक्ने विषय नै होइन,’ उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग विचार नमिल्दा कमल थापालाई पार्टी अध्यक्षबाट फ्याक्नु भयो र राजेन्द्र लिङदेनलाई ल्याउनुभयो ।’
प्रतिक्रिया लेख्नुहोस्:-