काठमाडौं । आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनका लागि नेपाली कांग्रेस (बीपी) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । उसले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आठ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेको हो ।
पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा उद्योग, सडक पूर्वाधार, हवाईसेवा, खानेपानी, सरसफाई, ऊर्जा, वैकल्पिक ऊर्जा, कृषि, सिँचाइँ, पर्यटन, कला, साहित्य संस्कृतिलाई प्राथमिकता दिएको छ । पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्दै आम सञ्चारमा सबै नेपालीको सहज पहुँच पुर्याउन सर्वशुलभ, भरपर्दो र गुणस्तरीय सूचना उपलब्ध गराउन सरकारी सञ्चार माध्यमलाई पब्लिक सर्भिस मिडियामा रूपान्तरित गरिने घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री देवेन्द्र प्रकाश पौडेलले कांग्रेस बीपीबाट ७८ प्रत्यक्ष र १७३ सदस्यहरू समानुपातिकमा प्रतिनिधिसभा र प्रदेशसभामा उमेदवारी रहेको जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-