काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आगामी निर्वाचनमा सत्ता गठबन्धन जितेमा नागरिकताको समस्या समाधान हुने बताएका छन् ।
नेता निधिले विहीबार नेपाली कांग्रेस बाराद्वारा पार्टी कार्यालय कलैयामा बिहिबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गठबन्धनका उम्मेदवारहरुलाई भोट हालेर सत्ता गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
उनले आगामी मंसिर ४ निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने र त्यही सरकारले नागरिकता विधेयक अघि बढाएर नागरिकता समस्याको सधैका लागि हल गर्ने जिकिर गरे ।
उनले भने, ‘ चुनावपछि कांग्रेसको नेतृत्वमा सरकार गठन हुन्छ र यही सरकारले नागरिकता विधेयक अघि बढाएर नागरिकता समस्याको सधैका लागि हल गर्छ।’
प्रतिक्रिया लेख्नुहोस्:-