काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय सवारी साधनको आयात बढेकाले राजस्व घटेको बताएका छन् । मन्त्री महतले शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै यस्तो उल्लेख गरेका हुन् ।
मन्त्री महतले विद्युतीय गाडीबाट घटीमा १० प्रतिशत हुने र बढीमा ३० प्रतिशतसम्म राजस्व संकलन हुने बताए ।
चालु आव सुरु भएयता अर्थतन्त्रमा केही ठोस सुधारको आधार सृजना भएको उनले बताए । राजस्वमा भने सुधार हुन नसेकेको स्वीकारेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-