काठमाडौं । शनिबार बसेको संसदको राज्य व्यवस्था समितिले भूकम्प पीडितका लागि तत्काल अस्थायी आवासको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
समिति सभापति लगायतको टोलीले जाजरकोट लगायतका भूकम्प प्रभावित क्षेत्रमा स्थलगत अध्ययन गरेको थियो ।
सरकारले भूकम्प प्रभावित क्षेत्रका घरहरुलाई पूर्ण रुपमा क्षतिग्रस्त र आंशिक भनेर छुट्याउने गरेको छ । राज्य व्यवस्था समितिले भने बस्न मिल्ने र नमिल्ने भनेर हेर्न सुझाव दिएको भन्दै समितिका सभापति खतिवडा भन्छन्, ‘ढुंगा, माटोको घर जतिखेर पनि जानसक्छ भन्ने हाम्रो निष्कर्ष रह्यो । त्यस्ता घरलाई छिटो भन्दा छिटो व्यवस्थापन गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेका छौं ।’
प्रतिक्रिया लेख्नुहोस्:-