काठमाडौं। नेपाली कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ११ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी फर्केपछि उनीहरुले आज यस्तो पत्र बुझाएका हुन् ।
कांग्रेस महामन्त्री गगन थापाले पुसको जाडोमा पीडितहरूको अवस्था भयावह हुने भएकाले अस्थायी आवास निर्माणको काम मङ्सिर भित्र सम्पन्न गरिसक्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।
थापाले अस्थायी आवास निर्माणको जिम्मेवारी प्रदेश सरकार र स्थानीय सरकारलाई दिन र त्यसका लागि आवश्यक रकम नागरिकको हातमा तत्काल पुग्ने गरी आवश्यक व्यवस्था गर्न मन्त्रिपरिषद् बैठक बोलाउन पनि सरकारसँग माग गरिएको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-