काठमाडौं । मानव तस्करद्वारा अमेरिका लैजाने भन्दै बीच बाटोमा बन्धक बनाइएका ६ जना नेपालीको उद्धार गरिएको छ । अफ्रिकाको मलावीबाट ६ जना नेपाली युवाको उद्धार गरिएको हो ।
मानव बेचविखन अनुसन्धान व्युरोको समन्वयमा नेपालीको उद्धार भएको हो । अमेरिका लैजनाले भन्दै विगत एक बर्ष देखि भियतनाम, इथोपिया, माडागास्कार, जोर्डन,दुबई र अजरबैजानको रुट प्रयोग गरि अफ्रिकाको मलावी भन्ने मुलुकमा पुर्याइएको थियो । त्यस पछि दलालहरुले नेपाली युवालाई त्यहाँ बन्धक बनाएका थिए ।
पीडितका अनुसार मानव तस्कर गिरोहले नेपालबाट भिएतनाम २० दिन, इथोपियामा ४ महिना, माडागास्कारमा २५ दिन, जोर्डनमा १ महिना, दुबईमा ४५ दिन र अजरबैजानमा २० दिन राखेको थिए ।
त्यहाँ उनीहरुले घरबाट पुन पैसा झिकाउन भनेका थिए । थप पैसा नआए मारिदिने धम्कि समेत दिएका थिए । नेपाली युवा भारतीय दलाल मार्फत त्यहाँ पुर्याइएका थिए ।
विभिन्न देश हुदै मलावी पुगे पछि दलालले थप पैसा मागेको र त्यस क्रममा कुटपिट समेत भएको पिडित युवाहरुले नेपाल प्रहरी समक्ष बताएका छन् । दलालले पैसा मागे पछि सोहि क्रममा परिवार सँग सम्पर्क गर्ने बाहानामा बन्धक बनाइएका युवा नेपाल प्रहरीको सम्पर्कमा पुगेका थिए । त्यस पछि नेपाल प्रहरीले मलावी प्रहरीको सहयोगमा ति युवाहरुको उद्धार गरि नेपाल ल्याएको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-