काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनसँग भावी प्रधानमन्त्री बन्ने मान्छे देखाउन चुनौती दिएका छन्।
अध्यक्ष ओलीले शनिबार कैलालीको लम्कीमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै बनाउँछौँ भन्ने विश्वास नभएकै कारण गठबन्धनले हाम्रो प्रधानमन्त्री फलानो हुन् भनेर भन्ने हिम्मत नगरेको ओलीले दाबी गरे।
अहिले गठबन्धनका नेताहरूले आफू आफूलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर जनतालाई ढाँट्ने काम गरिरहेको बताए। ओलीले फरक फरक पार्टीका घोषणापत्र लागू हुने सम्भावना नै नरहेको दाबी गरे।
एमालेलाई देख्दा गठबन्धनको सातो जाने गरेको जिकिर ओलीको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-