काठमाडौं । उम्मेदवारहरुले जथाभावी हेलिकोप्टर गर्न थालेपछि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारमा हेलिकोप्टरको प्रयोग बारेमा गृह मन्त्रालय थप संवेदनशील बन्नुपर्ने बताएका छन्।
थपलियाले आइतबार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहिता कार्यान्वयनसम्बन्धी एकीकृत कार्ययोजना, २०७९ माथि छलफल गर्दै यस्तो बताएका हुन् ।
उनले निर्वाचन आचारसंहितामा ७२ घन्टा हेलिकप्टर उडाउन पाउने उल्लेख गरेका कारण संखुवासभामा चुनावी प्रचारमा समय गनेर नै ७२ घन्टामा विभिन्न १० ठाउँमा चुनावी प्रचारप्रसार गरेको पाइएकाले गृह मन्त्रालय गम्भीर बन्नुपर्ने देखिएको बताए।
उनले भने, ‘गृहको सन्दर्भमा हेलिकोप्टरको प्रयोगको विषयमा अलिकति संवेदनशील हुनुपर्ने देखियो। अरू कामका लागि हेलिकोप्टर प्रयोग नगर, सुत्केरी लिन जानुपर्ने होला, बिरामी बनाउनुपर्ने होला, ल्याउनुपर्ने होला, राज्यको कामसँग रिलेटेट कामहरू होला। तर, हुँदै नभएको बिरामी लिएर उडेको भन्ने दुईवटा इस्यु आए। हिजो पनि आयो, संखुवासभाको केस पनि मनाङको केस पनि । यो त गम्भीर हो।’
प्रतिक्रिया लेख्नुहोस्:-