काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजार मापक नेप्सेमा दोहोर अंकले गिरावट आएको छ ।
आज सेयर बजार आइतबार १०.५४ अंकले घटेर १८८३.१६ विन्दुमा रोकिएको छ । २० लाख २८ हजार बढी कित्ता सेयर किनबेच हुँदा ७७ करोड ४९ लाख ११ हजार बढीको कारोबार भएको छ । होटल तथा पर्यटनबाहेक सबै उपसूचक ओरालो लागेको छ ।
होटल तथा पर्यटन उपसूचक ०।६० प्रतिशतले वृद्धि भएको छ । हाइड्रोपावर, व्यापार र लघुवित्त उपसूचक भने १ प्रतिशतभन्दा बढीले घटेको छ । नेप्से लगातार घट्दै जाँदा कारोबार रकम पनि घटेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-