काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललको प्रधानमन्त्री बन्ने इच्छा पूरा हुने सम्भावना बढेको बताएका छन् ।
अध्यक्ष दाहालले सोमबार तनहुँमा आयोजना गरिएको चुनावी कार्यक्रममा आफ्नो मन्तब्य ब्यक्त गर्दै पाँच दलीय गठबन्धन बनाउन पौडेलले खेलेको भूमिकाले निर्वाचनपछि देशको कार्यकारी प्रमुख बन्ने सम्भावना बढेको बताएका हुन् ।
“पौडेलजी गठबन्धन निर्माण गर्ने नेता हो । उहाँको एकपटक देशको कार्यकारी प्रमुख बन्ने इच्छा छ । त्यो सम्भावना बढ्यो,” उनले भने, “तपाईंहरूले जिताउनुभयो भने त्यो सम्भावना कम हुन सक्छ । त्यसकारण पौडेलजीलाई अत्यधिक बहुमतले जिताएर पठाउनुहोस् ।”
उनीहरूले यस क्षेत्रको विकासमा एकीकृत ढंगले लाग्ने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-